शरद रेग्मी
तुलसीपुर १५ फागुन । निजि बिद्यालयहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याबसन ) दाङको चौथो जिल्ला अधिबेशनमा बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष पाण्डब हमालले निजि बिद्यालय कक्षा १० (एसएलसी) को परिक्षा पछि तीन महिना सम्म बिदा हुने समयमा सीप मुलक ज्ञान दिनुपर्ने ब्यबस्था मिलाउनु पर्ने बताए ।
कार्यक्रममा एनप्याबसनका केन्द्रिय सचिब सुबोध डाँगी, केन्द्रिय सदस्यहरु कुसुम राणभाट, गुनाखर ढकाल, प्रेम नेपाली, बिद्यालय निरिक्षक नारायण पौडेल, एनप्याबसन बाँकेका अध्यक्ष कुबेर बस्नेत, बर्दियाका बुद्ध गिरी, सुर्खेतका शरद भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, नेपाल शिक्षक महासंघका सदस्य रमा आचार्य, पत्रकार शरद रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।