दाङ, १५ फागुन । नेपाल दलित संघ क्षेत्र नम्वर ३ को अध्यक्षमा शरद बि.क (समीप) चयन भएका छन । संघको ५ औ अधिवेसनले समीपको अध्यक्षमा १५ सदस्यीय सर्व सहमतीमा समिती गठन गरीएको हो ।
अधिवेसन क्षेत्र नम्वर ३ का अध्यक्ष प्रकास नेपालीको अध्यक्षता तथा नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यता एवम नेपाल दलित संघका केन्द्रीय सचिव दिवीका परियारको विशिष्ठ आतिथ्यतामा भएको थियो । त्यस अवसरमा महाधिवेसन महासमितीका सदस्य टेकबहादुर डाँगी, महाधिवेसन प्रतिनिधि गिरीराज वली, नेपाल दलित संघ संस्थापक नेता खडगवहादुर विश्वकर्मा, दलित संघका संयोजक खेमराज विश्वकर्मा, नेपाली काग्रेसका जिल्ला सदस्यहरु निर्मल न्यौपाने, वालिका लम्साल, कमल वली, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का उपसभापति भगतसिंह भण्डारी, क्षेत्र नं ३ का क्षेत्रिय सचिव कमल गौतम, त्रिपुर नगरसभापति दिपक पाण्डे, घोराही नगर उपसभापति दिलीप डिसी, महिलासंघ दाङका अध्यक्ष गोमा रावत, दलित संघका पुर्व उपाध्यक्ष वावुरा वि क, नेपाल दलित संघ जिल्ला सचिव लोका वि क , नेविसंघ महाधिवेसन प्रतिनिधि सरोज शाहा, नेविसंघ जिल्ला उपाध्यक्ष टोपबहादुर वुढाथोकी, नेविसंघ क्षेत्र नं ३ का अध्यक्ष तिलक रावत लगाएतकाले भनाई राखेका थिए ।
दलित संघको ५ वटै क्षेत्रमा नेतृत्व चयन
नेपाल दलित संघको जिल्लाका ५ वटै क्षेत्रमा नया नेतृत्व चयन गरीएको छ । नेतृत्व सर्व सहमतीमा चयन गरीएको नेपाल दलित संघ दाङले जनाएको छ । जस अनुसार क्षेत्र नम्वर १ मा प्रवल रसाइली क्षेत्र नम्वर २ मा छविलाल सुनार, क्षेत्र नम्वर ३ मा सरद विक (समीप), क्षेत्र नम्वर ४ मा काशिराम नेपाली, क्षेत्र नम्वर ५ मा धु्रर्व विश्वकर्मा सभापतिमा चयन भएको दलितसंघले जनाएको छ ।
संघले एक विज्ञप्ती जारीगरी सर्व सहमतीमा चयन भएका नेतृत्वलाई वधाई तथा शुभ कामना शुभकामना व्यक्त गरीएको छ । दलित संघका जिल्ला संयोजक खेमराज विश्वकर्मा र सचिव लोका विश्वकर्मा द्धारा विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तीमा दलित संघका जिल्ला अधिवेसन प्रतिनिधिहरु शकर नेपाली र जनक नेपाली मार्थि फागुन ६ गते दिन भएको साङघार्तिक आक्रमण प्रति घोरा आपती प्रकट गदै आपराधिक गतिविधिमा संगल्न दाषिहरुमार्थि कानुनी कारवाही माग गरीएको छ ।