घोराही, १५ फागुन । नेपाल पत्रकार महासंघ दाङको हालै सम्पन्न अधिवेशनमा विजयी गराउने साधारण सदस्यहरुलाई सर्वपक्षीय प्यानलले धन्यवाद ज्ञापन गरेको छ । फागुन १२ र १३ गते सम्पन्न १० औँ अधिवेशनमा सर्वपक्षीय प्यानललाई अत्यधिक मतका साथ विजयी बनाउने सम्पूर्णमा साधारण सदस्यहरुमा नेपाल प्रेस युनियन, प्रेस चोतारी, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ, मिडिया नेपाल दाङ र क्रान्तिकारी पत्रकार महासंघ दाङले धन्यवाद ज्ञापन गरेका छन् ।
‘महासंघको नेतृत्व चयन प्रक्रीयामा जस्तोसुकै भएपनि यसको साझा चरित्रलाई कायम राख्दै सर्वपक्षीय भावना अनुसार नेतृत्व अगाडी बढ्नेछ भन्ने हाम्रो द्रिढ विश्वास छ । आगामी दिनमा पनि पत्रकारहरुको हकहितकालागी हाम्रो अभियानमा यहाँहरुको सदैव साथ रहने छ’ विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा महासंघको निर्वाचन प्रक्रीयालाई सहज र छरितो रुपले सम्पन्न गर्ने निर्वाचन समिति, केन्द्रिय प्रतिनीधी, केन्द्रिय सदस्य, पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु र कार्यसमितिका सदस्यहरुमा हार्दिक आधार तथा धन्यवाद ज्ञापन गरिएको छ ।