इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । आजदेखि तीन दिनसम्मका लागि दाङको धार्मिक पर्यटकीय क्षेत्र धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर परिषरमा शिवरात्री मेला शुरु भएको छ ।
तीन दिनसम्म लाग्ने धारापानी मेलालाई सुरक्षित र स्वार्धपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि करीव एक सय सुरक्षाकर्मी र एक सय स्वयम सेवक परिचालन गरिएको छ । साथै सो अवधिमा सो क्षेत्रलाई मदिरा रहित घोषणा गरिएको छ ।