घोराही, १२ फागुन । ज्यानज्योति एजुकेशनल एकेडमी घोराही ७ सेवारको सातौं बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ । सो अवसरमा नौ जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा भाइस प्रिन्सिपल लक्ष्मीप्रसाद बुढा, शिक्षक सन्तोष सुनार, शिक्षिकाहरु रञ्जु श्रेष्ठ चन्द, सुशीला महरा, मीना बुढा क्षेत्री, शेयर सदस्यहरु नेत्रबहादुर ओली, प्रेम बुढा, रविलाल घर्ती मगर र भीष्म कार्कीले रक्तदान गरेका थिए ।