गोविन्द खड्का
घोराही, ९ फागुन । कालोपत्रे सडक सम्मै सामान पसारेर रोजा कलेक्सन बंैकरोडले कब्जा जमाएको भेटिन्छ । दिउसो भरी थरी थरीका सामान फिंजेको सो पसलले रात परेपछि प्लाष्टिक तथा अन्य फोहरले त्यहि ठाउ“ ढाक्छ ।
नगरपालिका भने पाक्षिक सरसफाइ कार्यकक्रम थालेको छ । गत पुसमा प्रशासन तथा मालपोत कार्यालयबाट शुरु भएको अभियान शहिद गेट हुदै तुलसीपुर चोकवाट कृषि सामाग्री केन्द्र लिमीटेडसम्म पुगेको छ । सुचना अधिकारी प्रेम केसीका अनुसार आफुहरु कोट्इई कोट्याई फोहर उठाउदा केही व्यक्ति हात बाधेर टुलुटुलु हेरेको बताउछन् । जसले सबैभन्दा धेरै नगरपालिकालाई गाली गर्थे । नगरपालिका आगन बढार्न पुग्दा उनीहरु ठालुबनेर बसेका छन् ।
जहाबाट नगरपालिकाले पुस दोश्रो साता अभियान थाल्यो त्यो क्षेत्र पुरानै अबस्थामा फर्किएको छ । त्यहाँका बोटविरुवाले मल जल नपाउनेदेखि फोहर जथाभावि फाल्ने क्रम उस्तै छ । ‘अर्काको घर आगन बढारेर सफा हुदैन’ सरसफाइ अभियानमा सक्रियता देखाएका घोराही दशका शक्तिराम डागीले भने, ‘नगरपालिकाले नियम कानुन लगाउने हो ।’ उहाँका अनुसार बढार्न लागेको कैयौ बर्षभयो सफा छैन ।
दिदी बहिनी जम्मा भएर कपडा बुन्ने, टपरी खुट्ने बत्तीकात्ने लगायतका काममा व्यस्त हुन्छन् । तिनको पिठ्यूतिर दुर्गन्ध को थुप्रो भेटिन्छ । त्यहाँको गन्ध सुघिरहेको थाहै पाउदैनन् । उनीहरु सफा चट भएर महंगा कपडा र गरगहनामा मख्ख हुन्छन् । तीन÷चार तलामाथिबाट भान्छाको फोहर खुला क्षेत्रमा फाल्ने गर्छन् । ‘प्याड समेत अर्काको छदमा फाल्ने गर्छन्‘ राप्ती उपक्षेत्रीय अस्पताल व्यवस्थापन समितिका पुर्वअध्यक्ष विश्वराज न्यौपानले भने, ‘अरुलाई फोहर दिएर आफु सुन्दर देखिने कसतो घटिया चलन हो ।’
अर्काले मेरो आगन बढारेर सफा हुन्छ भन्ने बजारीयका मानसिकता भए धोका खाने घोराही नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । नगरपालिकाको उपस्थिति जनाउन र तरीका सिकाउन मात्रै झाडु बोकेर निश्केको प्रमुख सापकोटाको भनाइ छ । ‘टाफिक, वडा प्रहरीलगायत सबैसँग समन्वय गरिरहेको छु’ अब आक्रामक ढंगले अघि बढ्ने संकेत गर्दै सापकोटाले भने, ‘अब सम्झाउने मात्रै हँुदैन । ऐन कानुन अनुसार नगरपालिका अघि बढ्छ ।’ पटकै पिच्छे अनुरोध गर्दा पनि केहि व्यक्तिले अटेर गरेका सापकोटाले बताए ।
यसैलाई विश्वास गर्न नसकीने बजारबासि बताउ“छन् । मासिक एक पटक बजारमा फुटपाथ हटाउन निश्कने भन्दै दुई बर्ष अघि नगरपालिकाले अभियान चलायो । धेरै भ¥याङ र पाली हटायो । करीव तीन महिनापछि रोकिएको अभियान दुई बर्ष नाघदा पनि शुरु हुन सकेको छैन । अभियानको नेतृत्व गर्ने इञ्जिनियर रामधन श्रेष्ठसहितको कर्मचारीको टोली डोजर टिप्पर, सहित फेरी बजार पस्नेमा नगरवासीले शंका गरेका छन् ।
अभियान थाल्ने अलिकति सुधार भएपछि चटक्कै छोडेर अपुरो राख्ने नगरपालिकाको पुरानै रोग भएको बताएका छन् । बोलेकै आधारमा विश्वास गरीहाल्न नसकिने तर फुटपाथ हटेको हेर्न आतुर रहेको बताए । उहिले टहरा, पाली बनाउने र बाहिर सामान फिज्नेहरु सक्रिय छन् । नगरपालिका भने आलोचना सुनेर चुपचाप सहेर बसेको छ । यही बेला नगरपालिकाले कडा भएर प्रस्तुत हुने बताएको छ ।