इन्द्रेणी संवाददाता
दाङ, ८ फागुन । दाङका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) को कार्यान्वयनको माग गर्दै विभिन्न सात ट्रेड युनियनमा आवद्ध स्वास्थ्यकर्मीहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।
पत्रकार सम्मेलनमा उनीहरुले आफना मागहरु पूरा नहुँदासम्म जनस्वास्थ्यको कामकाज ठप्प पारेर धर्ना वस्ने, प्रत्यक दिन कोषसभासहित जुलुस गर्ने, स्वास्थ्य सेवा दिवस वहिस्कार गर्ने, स्वास्थ्य संस्थाबाट इमरजेन्सी उपचार, क्षयरोग र संस्थागत सुत्केरी सेवावाहेक सबै खोप तथा गाउँघर क्लीनिक, ओपिडी तालिम गोष्ठी, नियमित बैठक बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
स्वास्थ्य ऐन ९ (ख) मा सेवामा रहदा वढुवा भएका कर्मचारीहरुलाई त्यो पोष्टअनुसार पदस्थापन गर्नुपर्ने भएपनि सरकारले वढुवा भएको तहको तलव, काम कर्तव्य दिएको तर त्यो तहमा पदस्थापन नगरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालकाकुमार न्यौपानेले जानकारी दिए ।