Indrenionline.com

होटल व्यवसायी समिति दाङको साधारणसभा

गोविन्द खड्का
घोराही, ८ फागुन । दाङ देउखुरी होटल व्यवसायी समिति को २० औ साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले पानसमा बत्तिबाली उद्घाटन गरेका छन् ।

घरबाट निश्केपछिको गास बास दिने दोश्रो घरलाई अझै सम्मानीत गराउन कार्यक्रमका बक्ताहरुले सुभकामना दिए । प्रमुख अतिथि अध्यक्ष बञ्जाडेले नजरै गलत भएका देखि बाहेक अरुले प्रशंसा गर्ने होटल बनाउन आग्रह गरे । उनले होटल वरपर र भान्सा क्षेत्र दिग्मीग्लाग्ने फोहर र सरसफाई नगर्ने कर्मचारी नराख्न आग्रह गरे ।

होटलका हरेक समस्यामा आभफु साथ रहेको बताउदै बञ्जाडेले भने, ‘व्यवसायी बाट लुटेको तरीकाले सरकारले कर लैजान्छ’ बञ्जाडेले भन्नुभयो, ‘घर मालिकहरुसंग कर असुल्नु किन सकेको छैन ?’

सिंगो पर्यटनको केन्द्र बनाउने गरी योजना अघि सार्न पर्यटन पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष धनिराम शर्माको सुझाव थियो । कसैका घरमा ढिलो खाना पाक्यो भने यो त खतम भयो भन्ने, कसैले काम गर्न लाग्यो भने सकियो भनेर हेप्ने सामन्ति समाजबाट अघि बढ्न घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शिक्षक रामप्रकाश देवकोटाको सुझाव थियो । उनले तर भौतिक विकास जस्तो सामाजिक प्रगति नहुनाले तालमेल नमेलेको बताए ।