तुलसीपुर, ७ फागुन । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा औद्योगिक क्षेत्र स्थापनाका लागि तुलसीपुरमा अन्तरक्रिया भएको छ ।
उद्योग स्थापनका लागि शुक्रबार सांसद बुद्धिराम भण्डारीसहितको टोलीले गरेका तीन स्थान बाहेक त्यसभन्दा अन्य स्थानहरुको पनि खोजी गर्नुपर्ने बताएका थिए । दाङमा सञ्चालन भएका सिमेन्ट उद्योगहरुले त्यहाँका नागरिकहरुलाई बिस्तापित हुने अबस्था बनाएको भन्दै अब खुल्ने उद्योगले स्थानियले कुनै पनि प्रभाब नपार्ने ठाउका खोजी गर्नुपर्नेमा पनि वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा सांसद बुद्धिराम भण्डारी , ईन्जिनिएर जितेन्द्र देव लगायत यहाँका राजनीतिक दल, उद्योगी, ब्यापारी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले भनाइ राखेका थिए ।