इन्द्रेणी संवाददाता
दाङ, ३ फागुन । दाङको घोराहीमा आजदेखि निर्वाचन क्षेत्र नं. ३ स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । भरतपुर मैदानमा शुरु भएको शिल्डको संसाद राजु खनालले उद्घाटन गरे ।
तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बोलेका थिए । फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा क्षेत्र नं. ३ का दुई दर्जनभन्दा वढी विद्यालयको सहभागीता छ । प्रतियोगितामा भलिवल, दौड, कवडीलगायत विभिन्न एथलेटिक्स सम्बन्धी खेल हुने आयोजकले जनाएको छ ।