दाङ, १ फागुन । नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर समितिको अध्यक्षमा विश्वराज आचार्य निर्वाचित भएका छन् । आज आइतबार घोराहीमा भएको प्रथम उपमहानगर सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्थानीय तहको नयाँ संरचनाअनुसार सम्मेलन गर्ने क्रममा देशभरिकै उपमहानगरपालिकामा पहिलोपटक माओवादी केन्द्रले घोराहीमा सम्मेलन गरेको हो । प्रस्तावित यो उपमहानगरपालिकामा साविकको घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सैघा, लक्ष्मीपुर, रामपुर, धर्ना र सौडियार गाविस समेटिएका छन् ।