दाङ, १ फागुन । नेपाल पत्रकार महासंघ दाङ शाखाको आसन्न दशौं अधिवेशनमा सहमतिका लागि पहल गर्ने निर्णय गरेका छन् । जिल्लामा क्रियाशील सञ्चार संगठनका प्रमुखहरुको आइतबार घोराहीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल र प्रगतिशील पत्रकार संघका केन्द्रीय महासचिव उदय जीएमको उपस्थिति रहेको थियो ।
त्यस्तै, बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा र दाङ शाखा अध्यक्ष सुदीप गौतमको पनि उपस्थिति रहेको थियो । सो अवसरमा शर्मा र गौतमले महासंघलाई सबै सञ्चारकर्मीहरुको साझा संगठनका रुपमा अघि बढाउन सहयोग पुग्ने गरी सबैलाई एकताबद्ध गरी सहमतिमै अघि बढ्न सञ्चार संगठनका अगुवाहरुलाई आग्रह गरेका थिए ।