चेतन रेग्मी
तुलसीपुर, २७ माघ । राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय संगठन राष्ट्रिय महिला मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि दाङको तुलसीपुरमा शुरु भएको छ ।
महिलाहरुलाई संविधानमा अधिकार दिइएको भनिए पनि महिलाहरुको वर्गीकरण नगरिएकाले पहुँच नभएकाहरुलाई संविधानले सम्वोधन गर्न नसकेको उनको भनाइ थियो । तीन दिनसम्म चल्ने महाधिवेशनमा दाङलगायत ३० जिल्लाका १ सय ५० प्रतिनिधि सहभागी छन् ।