इन्द्रेणी संवाददाता
दाङ, २७ माघ । दाङको घोराहीमा आजदेखि मध्यपश्चिम व्यापारिक तथा पर्यटन महोत्सव शुरु भएको छ । घोराही–५ नवलपुरमा शुरु भएको महोत्सवको उद्घाटन नेपालकै होची महिला इश्वरी माया छिनालले गरेकी हुन् ।
लागुऔषध नियन्त्रण, ट्राफिक सचेतना र नवलपुरमा खेल मैदानको निर्माणको सयोगार्थ सञ्चालन भएको महोत्सवमा विभिन्न स्थानीय तथा केन्द्रीय कलाकारहरुको प्रस्तुती रहेछ । महोत्सव उद्घाटन अघि घोराहीमा ¥याली निकालिएको थियो ।