दाङ, २७ माघ । नेकपा (माओवादी केन्द्र) शान्तिनगर गाउँपालिकाको चिराघाटमा सम्पन्न प्रथम सम्मेलनले गोपाल भण्डारी ‘सुधार’को अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष खगेन्द्र शर्मा ‘प्रयत्न’, सचिव गोविन्द भण्डारी, सहसचिव क्रिमलाल चौधरी र कोषाध्यक्ष कमला विक रहनुभएको छ ।
त्यसैगरी टीकाराम ओली, सौगात परियार, कुसुमी चौधरी, लक्ष्मणप्यारी चौधरी, रुद्र देवकोटा, शालिकराम विक, भुपेन्द्र केसी, तुलसीराम चौधरी, वीरबहादुर विक, चेतबहादुर थापा, धनबहादुर विक, गणेश परियार, हुकुमी बाँठा, सदिक्षा चौधरी, कृष्ण चौधरी, निर्मला केसी, प्रताप दाहाल, शकुन्तला केसी, शिवप्रसाद सुवेदी, लक्ष्मण खत्री, भगवती पौडेल, इमान बक्स मियाँ रहनुभएको छ ।
त्यसैगरी १९ जना वैकल्पिक सदस्यहरु चयन गरिएको र ४५ जना जिल्ला सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको सचिव गोविन्द भण्डारीले जानकारी दिनुभयो । शान्तिनगर गाउँपालिकाका संयोजक खडकबहादुर सुनारको अध्यक्षतामा भएको सम्मेलनमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य कुबेर ओली, पोलिटव्यूरो सदस्यद्वय निर्मल आचार्य र हेमराज शर्माको विशेष उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भीमबहादुर ओली ‘ड्राइभर’, शान्तिनगर गाउँपालिका इन्चार्ज नेवबहादुर रोका ‘स्टार’, जिल्ला सल्लाहकार नरबहादुर वलीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । जीवराज पुनको स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनको सञ्चालन राधिका परियारले गर्नुभएको थियो ।