घोराही, २५ माघ । नेकपा माओवादी केन्द्र घोराही १८ को अध्यक्षमा मधु अर्याल चयन हुनुभएको छ । मंगलबार गिठेपानीमा सम्पन्न भेलाले सत्र सदस्य कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चैतु चौधरी, सचिव सुरस बुढा, सहसचिव निशा बुढा र कोषाध्यक्षमा दिनेश वली चयन हुनुभएको छ ।