दाङ, २५ माघ । दाङको नारायणपुरमा आज भएको सवारी दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।
रा २ ख ९४१५ नम्बरको बस र भण्डारी सवार रा २ प ६४० नम्बर मोटरसाइकल एक आपसमा ठोकीएको प्रहरीले बताएको छ ।
त्रिपुर निवासी ५५ बर्षीय भण्डारीको अहिले राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडों लैजाने तयारी भइरहेको छ ।