Indrenionline.com

आर्थिक क्रान्ति अवको पहिलो प्राथमिकता : ढकाल

दाङ २४ माघ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकालले आर्थिक क्रान्ति अवको पहिलो प्राथमिकता भएको बताएका छन् ।

तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ को आज समापन गर्दै ढकालले देशमा राजनितिक उदेश्य पुरा भएको भन्दै अव आर्थिक क्रान्तिको पालो भएको बताएका हुन् ।

देशाको आर्थिक बिकासका लागी निजी क्षेत्रको अहम भुमिका रहेको भन्दै पुर्व अध्यक्ष ढकालले देशमा सवै चुनाव गराएर आर्थिक क्रान्तिको मार्ग प्रशस्त गर्न शिर्ष नेताहरुलाई आग्रह गरे ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले संघले लिएको उदेश्य पुरा भएको बताए । रिजालले संघले आयोजना गरेको महोत्सवमा सहयोग गर्ने सवै प्रति आभार एव धन्यबाद प्रकट गरे ।

सभागृह निमार्ण गर्ने पवित्र उदेश्य लिएर महोत्सवको आयोजना गरिएको भन्दै रिजालले सवैको सहयोगले उदेश्यमा पुगेको समेत बताए ।
रिजाले अवको केहि दिनमा महोत्सव बाट भएको आय ब्ययको विवरण पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने समेत जानकारी दिए ।

संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता एव नेपाल उद्योगप बाणिज्य संघका पुर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतित्थ्यतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले बिकास निमार्ण लगाएतका बिषयमा संघले खेलेको भुमिकाको उच्च प्रशंसा गरेका थिए । उनीहरुले बाणिज्य संघले तुलसीपुर लगाएँत पश्चिम दाङको बिकासका लागी अह्रम भुमिका निर्वाह गरेको भन्दै बिकास निमार्णको अभियानमा लागी रहन सुझाव दिएका थिए ।

सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निरज केसी , नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण श्रेष्ठ, पुर्व केन्द्रीय सदस्यहरु दिपेन्द्र केसी , धु्रवराज श्रेष्ठा भारि लगाएतकाले बोल्नु भएको थियो । बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरु रावतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा महोत्सव आयोजना गर्न सहयोग गर्ने मुख्य प्रायोजक , सह प्रायोजक , आयोजक , सह आयोजक , सुरक्षा निकाय , पत्रकार , लगाएत महोत्सवका अवसरमा आयोजन गरिएका कृषि प्रर्दशनि , नृत्य प्रतियोगिता , दोहोरी गित प्रतियोगिता एव बिभिन्न उपसमितिका सयोजक एव सदस्यहरुलाई पुरष्कृत एव सम्मान गरिएको थियो ।