Indrenionline.com

कसरी सम्झदैछ एमालेले शहीद उमेरचन्द्र थापालाई

दाङ, २३ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेश चन्द्र थापाको स्मृतिमा नेकपा एमाले दाङले विशेष कार्यक्रम गर्ने भएको छ ।

२०६२ माघ २६ गते तत्काललिन निरंकुश शाही कालमा तत्कालनि शाही सेनाको गोली लागि शाहदत प्राप्त गर्नु भएका थापाको १३ औं स्मृति दिवसमा एमाले दाङले ‘लोकतान्त्रिक आन्दोलनमा शहिद उमेश चन्द्र थापाको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने भएको हो ।

माघ २६ गते दिउँसो घोराही भरतपुरस्थित एमाले पार्टी कार्यालयमा गर्न लागिएको अन्र्तक्रिया कार्यक्रममा उपस्थितिका लागि एमाले दाङले सबैमा अनुरोध गरेको छ ।

एमाले दाङका अध्यक्ष टिकाराम खड्काले विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठन, सञ्चारकर्मी सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

अध्यक्ष खड्काद्वारा जारी विज्ञप्तिमा शहिद उमेशचन्द्र थापाको योगदानको उच्च मूल्यांकन गरिएको छ । एमाले दाङले शहिद थापाको सम्मानस्वरुप घोराही शहिदगेटमा रहेको शालिकमा विहान माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।