
सोहि तयारी अन्तरगत प्रदेश नं ५ र ६ का मालपोत र नापी कार्यालयका विषयगत कर्माचारीहरुलाई ५ दिनको तालिम दाङमा दिइएको छ । दाङको तुलसीपुरमा माघ १८ गते.देखि २२ गते सम्म तालिम आयोजना गरि दाङ, सल्यान, रुकुम, रोल्पा, जाजरकोट, सुर्खेत जुम्ला, डोल्पा, रुपन्देही,कपिलबस्तु लगायतका जिल्लामका प्रतिनिधीहरुलाई प्रविधिको वारेमा जानकारी गराइएको मन्त्रालयका भू सुचना तथा अभिलेख ब्यस्थापन विभागका कम्पुटर अघिकृत हरिशरण थापाले जानकारी दिए ।
उनका अनुसार अव २५ जिल्लाका मालपोत र नापी कार्यालयहरु डिजिटल हुने छन भने उपभोक्ताहरुले पाउने प्रमाणहरु सबै डिजिटल प्रविधिकैक् पाउने छन । तालिममा १९ नापी कार्यालय र ११ मालपोत कार्यालयका कर्माचारी प्रतिनिधीहरुको सहभागिता रहेको थियो । तालिमको एक कार्यक्रमको आयोजना गरि शनिवार समापन गरिएको छ ।