दाङ, २३ माघ । सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तत्काल तोक्न माग गर्दै नागरिक समाज दाङले सरकारलाई ज्ञापनपत्र बुझाउदैछ । आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको हो ।
त्यस्तै बैठकले दाङ जिल्लामा निर्वाचन क्षेत्र विकास एवं निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुको अध्ययन प्रतिवेदन नागरिक समाजको आगामी बैठकमा लिखित रुपमा पेश गर्न सञ्जालका सदस्यहरु केशव कुमार शर्मा, केवि मसाल र श्रीमन न्यौपानेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
लमही घोराही तुलसीपुर सडकखण्डमा निर्माणाधिन पुल तथा सडक निर्माण मर्मत कार्य अत्यन्त सुस्त गतिमा भइरहेकोले तत्काल उक्त पुल तथा सढक निर्माण कार्यमा तिव्रता दिन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने र त्यसपछि पनि निर्माण कार्यमा तीब्रता नआए सडक डिभिजन कार्यालय घोराहीमा शान्तिपूर्ण धर्ना बस्ने पनि निर्णय गरेको छ ।