दाङ, २१ माघ । प्रेस चौतारी योगदान पुरस्कार–२०७३ बाट पत्रकार सविन प्रियासन पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी नेपाल दाङमा स्थापित प्रेस चौतारी योगदान पुरस्कार–२०७३ बाट प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं दाङका पूर्वअध्यक्ष तथा गणतन्त्र दैनिकका सम्पादक प्रियासन पुरस्कृत हुन लागेका हुन् ।
बैठकले भोलि माघ २२ गते प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा पुरस्कार बितरण गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । प्रेस चौतारी नेपाल दाङमा स्थापित उक्त पुरस्कारको राशी १० हजार रहेको चौतारीले जनाएको छ ।