दाङ, १९ माघ । तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा आजकै दिन केन्द्रीय तथा अन्तराष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफनो प्रस्तुति राखे ।
महोत्वसमा अन्तराष्ट्रिय स्तरमै ख्याती प्राप्त कलाकार सुनिल थापा रातो काईलाको डाइलगले दर्शकहरुलाई उत्साहित बनाएको थियो । थापा स्टेजमा चढदै गर्दा दर्शकहरुको तालिले महोत्सव स्थलनै थप उत्साहित बनेको हो ।
त्यस्तै आजै महोत्सवमा सुगम संगीतका नायक तथा गजलकार सत्यराज आचार्य , त्यस्तै एस कुमार, यम बराल, जुना प्रसाई, गणेश पराजुली, लोका गायक कृष्ण रेउले, गायिका पुजा पुरी, बिन्दु परियार, नृत्याङना तृष्ण वुढाथोकी , राधा केसी लागायतकाले आफनो प्रस्तुति राखेका थिए ।