इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । आजदेखि राप्ती उपक्षेत्रीय अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने विरामीहरुको चापलाई मध्यनजर गर्दै अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो ।
उनका अनुसार फार्मेसीबाट आजदेखि औषधिमा ४० प्रतिशतसम्म खरिदमा छुट दिने गरेको छ । २४ घण्टा सेवा दिने गरी सञ्चालनमा आएको फार्मेसीबाट अबको एक हप्तामा पुर्णरुपमा सबै औषधि आइपुग्ने अस्पताल प्रशासनले जनाएको छ ।