इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । जिल्ला विकास समितिले आवश्यक नदीजन्य बस्तु निकासी नभएपछि जिल्लाको विकास निर्माण कार्यमा समस्या देखिएको बताएको छ । आवश्यक नदीजन्य वस्तुको अभावमा कतै सडक ग्राभेल हुन सकेका छैनन् त कतै भवन निर्माणमा समस्या भएको छ ।
विकास निर्माणको मुख्य बाधक नदीजन्य वस्तुको निकासी हुन नसक्नु भने पनि जिल्ला विकास समितिले नदीजन्य वस्तु निकासीमा खासै पहल गरेको पाइदैन । गत असोजदेखि केही खोला तथा नदीबाट नदीजन्य बस्तु निकासी भइरहेको भन्दै जिल्ला विकास समिति दाङका योजना अनुगमन अधिकृत बासुदेव आचार्यले थप खोला तथा नदीबाट नदीजन्य बस्तु निकासीका लागि पहल भइरहेको जानकारी दिएका छन् ।