यातायात व्यवस्था कार्यालयका प्रमुख अच्यूत दाहालले त्यसमध्ये १३ हजार बढी व्यक्तिले मोटरसाईकलको लाईसेन्सका लागि मात्रै आवेदन दिएका छन् । तर आवेदन माग गरेको तीन महिना वित्नै लाग्दा समेत लिखित परिक्षा नगराएपछि कार्यालयको आलोचना सुरु भएको छ ।
लिखित परिक्षामा ढिलाई हुनुको प्रमुख कारण नयाँ सफ्ट वयर जडान गर्दा लागेको समयले गर्दा नै भएको कार्यालय प्रमुख दाहालले बताए । उनका अनुसार अव आज (मंगलवार)देखि त्यो काम सुरु भएकोले आवेदकको नाम कम्प्यूटरमा इन्ट्रिगर्न थालिएको छ । यसअघि केही नाम इन्ट्रि गरिसकेकोले अब बाँकी रहेका नामको इन्ट्री सके लगतै लिखित परिक्षा गराउने दाहालले बताए ।
तर कहिले देखि लिखित परिक्षा हुन्छ भन्ने एकिन भने अझै छैन । कार्यालयले साना तथा ठूला सबै खालका साधनका लागि लाईसेन्सको आवेदन माग गरेको थियो । यसैबीच आजदेखि लाईसेन्स सम्वन्धि सम्पूर्णकाम सुचारु भएको कार्यालय प्रमुख दाहालले जानकारी दिएका छन् ।
यसअघि नयाँ सर्भर जडान गर्न ढिलाई हुँदा सर्वसाधरण व्यक्तिले लाईसेन्स नविकरणगर्न पाएका थिएनन् । तर कार्यालयमा सोमवार मात्रै नयाँ सर्भर जडान गरिएको र आजदेखि लाईसेन्स नविकरण लगायत लाईसेन्स सम्वन्धि सम्पूर्ण काम सूचारु भएको कार्यालय प्रमुख अच्यूत दाहालले जानकारी दिए ।
नयाँ माईग्रेसन गर्दा लाईसेन्स सम्वन्धि सम्पूर्ण काम रोकिन पुगेको थियो । त्यसवाट सेवाग्राही मर्कामा परेका थिए ।
