इन्द्रेणी संवाददाता
दाङ, ११ माघ । दाङको घोराहीमा एउटा गैरसरकारी संस्थाले व्यवसायिहरुकको हित विपरित व्यापारिक महोत्सव लगाउन लागेको भन्दै घोराहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । गैरसरकारी संस्थाले लगाउने उक्त महोत्सव व्यवसायिहरुको हित विपरित भएको र त्यसले व्यवसाय घरापमा पर्ने भन्दै आज महोत्सव रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिए ।
‘व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ हुँदा हुँदै उसँगको समन्वय विना व्यपारिक महोत्सव कुनै पनि हालतमा व्यवासयीहरुको हितमा हुन सक्दैन’, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव दीपक सुवेदीले भने, ‘एउटा क्लवले व्यापारिक महोत्सव लगाउनु राम्रो कुरा होइन ।’
आफूले महोत्स आयोजकलाई सहमति नहँदासम्म महोत्सवको तयारी अघि नवढाउन मौखिक निर्देशन दिइसकेको बताए । महोत्सव सञ्चालन गर्ने अथवा बन्द गर्ने विषयमा सहमतिका लागि राजनीतिक दल, उद्योगी व्यापारी र महोत्सव आयोजक संस्थाबीच भोलि ३ बजे छलफल गर्ने प्रजिअ काफ्लेले बताए ।
महोत्सवको तयारी अघि नवढाउन निर्देशन दिदादिदै पनि आयोजकले तयारी अघि वढाए त्यसको जिम्मेवारी उसैले लिने उनले बताए । तर महोत्सव आयोजक संस्थाले महोत्सवको करीव ५० प्रतिशत काम पूरा भइरहेको जनाएको छ ।