दाङ, १० माघ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गते देखि २३ गतेसम्म आयोजना गर्न लागेको मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सवमा आउने दर्शकहरुलाई यातायात सेवा सहज हुने भएको छ ।
उनीहरुले तुलसीपुरवाट छुटने सबै ग्रामिण रुटहरुमा अरु समय भन्दा एक घन्टा समय वढाएर गाडी संचालन गर्ने र घोराही तुलसीपुर रुटमा सांझ ७ वजेसम्म यातायात संचालन गर्ने निर्णय भएको राप्ती बस समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
कार्यक्रममा तुलसीपुर मिनि वस तथा माईक्रो यातायात व्यवसायी समितिका अध्यक्ष पवन वुढाथोकी, अम्विकेश्वरी यातायात व्यवसायी समितिका कार्यवहाक प्रशासनिक सचिव सुसिल न्यौपाने, साना मालवहाक यातायात व्यवसायी समितिका अध्यक्ष भुवन भुसाल लगायतले महोत्सव अवधिभर दर्शकहरुलाई कुनै रुटमा समस्या परे तत्काल गाडीहरु थप गरिने वताए ।