यमकला भुसाल
तुलसीपुर, ७ माघ । तुलसीपुरको राप्ती रार्जमार्ग अन्तर्गत रेडियो पाठशाला १०४ मेगाहर्ज अगाडीको सडकमा फोहोर फालेपछि दुर्घन्ध बढेको छ । पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यानबाट आउने गाडीमा सवार यात्रुहरुले मन पर्दी फोहर फाल्दा वरपरको वातावरण दुर्घन्धीत भएको हो । जसले गर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । यात्रुहरुले बोमीट गरेको प्लाष्टिक र अन्य सुन्तला, बदाम खाएर फालेका प्लाष्टिक सडकको छेउमा यत्रतत्र छरिएको देख्न सकिन्छ ।
यता स्थानीय छर छिमेकीले पटक पटक गएर प्रहरी समक्ष फोहर फाल्न नदिन आग्रह गर्दा समेत प्रहरी मौन बसेको स्थानीय चिरञ्जिवि अधिकारीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो रोल्पा,रुकुमबाट गाडीहरु आउदाँ सधै प्रहरी चेक पोष्ट नजिकै रोक्ने गर्दछन हामीले सधै फोहर फालेको देख्दा गाडी चालक,र यात्रुहरुलाई पनि भन्छौ तर कसैले पनि वास्ता गरेका छैनन् हामीले भनी रहने उनीहरुले सुनीरहने मात्र भएको छ । बाटो छेउमा थुप्रीयको फोहोरका कारण बाटोमा हिडडुल गर्नेलाइ पनि समस्या भएको छ । बाटोमै भेटीएका सुनिल भण्डारिले फोहरका कारण नाक मुख थुनेर हिड्न पर्ने बाध्यता भएको दुखेसो पोख्नु भयो ।
यात्रुको यस्तो हर्तकका कारण तुलसीपुर संचालन भइरहेको क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा चुनौति थपिएको छ ।