घोराही, ७ माघ । घोराही नगरपालिकाको ३९ औँ स्थापना दिवस माघ १५ गते विविध कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाको विहीबार बसेको बैठकले ३९ औँ स्थापना दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यस्तै स्थापना दिवशको अवसरमा मैत्रीपूर्ण खेलकुद प्रतियोगीता हुने भएको छ । जसमा राजनितिक दल र पत्रकारहरुबीच भलीबल प्रतियोगीता, ब्याडमीण्टन प्रतियोगीता हुने भएको छ । यसैगरी मावि स्तरिय हाजिरीजवाफ प्रतियोगीता, अन्तरविद्यालय लोक नृत्य प्रतियोगीता हुने आजको बैठकले निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी प्रेम केसीलाई जानकारी दिए ।