घोराही, ७ माघ । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना अभियान अन्तरगत दिपशीखा कलेजमा आज सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रका सचिव आर.के.शीतलको अध्यक्षता एवं क्याम्पस प्रमुख प्रतिराज बस्नेतको प्रमुख आतिथ्य र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागुऔषध भनेको के हो, लागु औषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपाय लगायतका विषयमा प्रशीक्षण दिएका थिए । उनले प्रहरी, सामुदायीक प्रहरी, प्रहरीको काम, कर्तव्य र अधिकार, अपराध नियन्त्रणकालागी नागरिकको भूमीका लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले अपराध नियन्त्रणका लागि र समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।