२०६४ सालमा नेपाली कांग्रेसलाई उचाल्यो मिडियाले, हामी यहि समय चुनावमा जानु पर्छ भनेर कांग्रेसले चुनाव गरायो, गिरिजा बाबुले गराएको चुनावमा काग्रेस पछारियो, त्यसपछि २०७० सालमा हामीलाई उचाल्यो मिडियाले, हामी पनि त्यहि सोच्यौ , चुनावको नतीजा आउँदा नराम्रो संग हामी आबद्ध पाटी र हामी पछारियाँै, मन्त्री कार्कीले भने अनि अहिले मिडियाले एमालेलाइ उचालिरेहेको छ , अनि एमाले बलियो मानेर चुनाव चाहियो भनिरहेको छ्, त्यो पछारिने हविगत एमालेले पनि व्यहोर्ने निश्चित छ ।
दाङका रहेको सञ्चार मन्त्रीले त्यस्तो वताएका हुन । उनले सबै दलहरु एक ठाउँमा आइसकेको वताएका छन । मुलुकका प्रमुख राजनितिक दलहरु निर्वाचनको मुद्धा संगै मिलि सकेको दावी गरेका छन । रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनंले यस्तो वताए ।
‘अव सहमतीको प्रक्रिया अन्तिम चरणमा पुगीसकेको छ, मधेशवादी दलहरु पनि अव सहमतीमा आइसकेको छन, उनले भने प्रमुख प्रतिपक्ष दल एमाले पनि विरोध छोडेर समतिमा नै पुगेको छ । त्यसकालागी मिडियाहरुले पनि समन्वयकारी भुमिका निर्वाह गरेको वताए । पछिल्लो समयमा काम विहिन भएको हुलाकलाई सामुदायिक सुचना केन्द्र बनाइने तयारी भएको वताए ।
यसै गरेर तुलसीपुरमा राष्ट्रिय समाचार समितिको आधुनिक भवनको शिलान्यास गरिएको छ । भवन सिलान्यास गर्दे मन्त्री कार्कीले सुचनाको गहिराई सम्म पुगेर समाचार प्रकाशन गर्न पत्रकारहरुलाई आग्रह गरेकाछन । मन्त्री राई आफनै आमावाट वालक को हत्या भन्ने समाचार आउँछ तर आमा के कारण ले आफनो वच्चाको विभत्स हत्यागर्न सम्म पुगिन त्यो पृष्ठभुमि आउन नसक्दा वास्तविक सत्यता आउन नसकिरहेको अवस्था अहिलेका समाचारम रहेको भन्दै घटनाको गहिराईमा पुगेर समाचार प्रकाशन गर्न सवै सञ्चार संस्थाहरुलाई आग्रह गरे ।
सुचनाले मानिसलाई ज्ञान प्रदान गर्ने र ज्ञानले मानिसलाई समृद्ध वनाउने भन्दै सञ्चार मन्त्रि कार्किले वास्तवीक सुचना प्रकाशन प्रसारण नै अहिलेको आवश्यत्ता भएको वताए ।
मुलुकको समृद्धि र विकासका लागि सवै नेपालीको साझा एजेण्डाका रुपमा ल्याईएको संघियता सहितको गणतन्त्रलाई संस्थागत गर्न सबै जुटनु पर्ने वताएका थिए । सवैले आफनो अधिकार खोज्न मात्र नभई कर्तव्य पनि पुरा गर्नुपर्ने वताए ।
सञ्चार माध्यमको विकास र समृद्धिले नै मुलुकको विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै स्थानिय एफ एम रेडियोहरुको दर्ता नविकरण गाउँपालिका कै हुलाक कार्यालयलाई जिम्मेवारी दिने आफनो सोंच रहेको जानकारी गराए । राजनीतिक नेतृत्व र नागरिक आफनो कर्तव्य भन्दापनि गफमा बढि भुल्दा मुलुक पछिपरेको उनको भनाई छ ।
राष्ट्रिय समाचार समिति सञ्चालक समितिका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा भएको कार्यालयको भवन शिलन्यास कार्यक्रममा सांसद अनिता देवकोटाले दाङलाई प्रदेश नं ५को प्रादेशीक केन्द्रका रुपमा स्थापित गर्न सरकारका प्रवक्ताको हैसियतले जिम्मेवारी वहन गरिदिन अनुरोध गरेकी थिइन । शिलन्यास गरिएको नयाँ कार्यालय भवन निर्माणमा सञ्चार मन्त्रालयले ४० लाख वजेट विनियोजन भएको र निर्माणका लागि टेण्डर आहवान भएको वताईएको छ ।
राष्ट्रिय समाचार समिति राप्तीको यसअघि निर्माण भएको ८ कोठाको व्यापारीक टहरा र पछाडिको लिजमा दिएको जग्गा वाट वार्षिक १७ लाख आम्दानि भैरहेको सो अवसरमा जानकारी दिईएको थियो । सोअवसरमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
सम्मानीत हुनेहरुमा राष्ट्रिय समाचार समितिको जग्गा संरक्षणमा योग्दान पुर्याएको भन्दै नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मी , नेपाल प्रेस युनियन दाङका पुर्वअध्यक्ष रामप्रसाद पौडेल ,वामदेव उपाध्याय ,खुमानन्द अधिकारी ऋषिराज कंडेल लगाएतलाई कदर पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा पुर्वसभासद कुवेर वलि, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष विमल रिजाल ,नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मी, वृद्धसेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी लगाएतले वोलेका थिए । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य गंगाधर पराजुलिको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय समाचार समितिका उत्तम शिलवालले गरेका थिए । राप्ती समाचार
