त्रिपुर, ५ माघ । त्रिपुर नगरपालिका वडा नं. १ नारायणपुरमा सुर्यनारायण मन्दिर तथा धर्मशाला निर्माण हुने भएको छ । हिन्दु जागरण नेपाल त्रिपुर नगरपालिकाको आयोजनामा २०७२ साल चैत १७ देखि २४ गतेसम्म नारायणपुरमा भएको महायज्ञबाट संकलन भएको रकमले मन्दिर र धर्मशाला निर्माण हुने भएको हो ।
कार्यक्रममा नेपाल संस्कृति विश्वविद्यालयका सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य, नेपाल पत्रकार महासंघ दाङका सदस्य आर.के.शीतल, मन्दिर निर्माण समितिका सचिव चन्द्रप्रसाद चौधरी लगायतले आफ्ना विचार राखेका थिए ।