दाङ ५ माघ । रामपुर ८ काडाखुटीका खिमबहादुर परियारको उपचारका संङ्कलीत रकम हस्तान्तरण गरिएको छ ।
खिमबहादुर परियारको उपचारका लागि पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले खिमबहादुर बचाऊँ अभियान गरेका छन् । राप्ती उपक्षेत्रिय अस्पताल घोराहीले खिमबहादुरको टाउकोमा पानी जमेका कारण त्यसको अप्रेशन गर्नुपर्ने भन्दै रिफर गरिदिए पछि पैसाको अभावमा अहिलेसम्म उपचार हुन सकेको छैन । तत्काल काठमाण्डौ या लखनउ उपचारका लागि लैजानु पर्ने अबस्था हुदा हुदै पनि पैसा नहुदा अलपत्र अबस्थामा विरामीलाई राखेको खिमबहादुरका वुवा तिलक परियारले वताए ।