दाङ, ४ माघ । सडक दुर्घटनामा परी ज्यान गुमाएका नेकपा एमालेका नेता स्वर्गीय घनश्याम बुढाथोकीको स्मृतिमा स्तम्भ निर्माण हुने भएको छ । दिशिखा चोकमा स्तम्भ निर्माण हुने बताइएको छ ।
एमाले सांसदद्वय युवराज ज्ञवाली र अनारकली मियाको सांसद विकास कोषबाट प्राप्त ३ लाख ५० रुपैया सैघामा निर्माणधिन घनश्याम स्मृति सभाहल सम्पन्न गर्न र संस्कृति, पर्यटन तथा उड्ययन मन्त्रालयबाट प्राप्त २ लाख रुपैयाबाट घनश्याम बुढाथोकीको दुर्घटना भएकोस्थल दिपशिखा चोकमा स्मृति स्तम्भ निर्माणका लागि खर्च गर्ने निर्णय गरेको छ ।