तुलसीपुर, ४ माघ । राष्ट्रिय सामाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले दाङको तुलसीपुरमा संचालन भइरहेको ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानले यस क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताएका छन् ।
२२ औ हप्ताको सरसफाई अभियानको उद्घाटन राससका केन्द्रिय अध्यक्ष वाग्ले गरेका थिए । सरसफाई अभियानको नेतृत्व तुलसीपुर नगरस्तरिय सहकारी संजालले गरेको थियो ।
तुलसीपुर उद्योग बाणिज्य संघ र तलसीपुर नगरपालीकाको मुख्य आयोजना एवं दर्जनौ सामाजिक संघसंस्थाको सहयोगमा जारी सरसफाइ अभियानमा विरेन्द्र चौकदेखि राष्ट्रिय समाचार समितिको कार्यालय हुँदै (ग) लाईनमा सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिए ।