बिमल योगी
दाङ,३ माघ । दाङका सहकारी संस्थाका प्रमुखहरुले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान साझा रुपमा खोज्नुपर्ने निष्कर्ष निकालेका छन ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांसले जनताले एक एक रुपैया गरेर संकलन गरेको रकममा राज्यले अध्याधिक कर लगाउने गरेको गुनासो समेत गरेका छन ।
संस्थाका उपाध्यक्ष प्रेमबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारी संस्थाहरुको बिचमा बढिरहेको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्दै समन्वयात्मक तरिकाले काम गर्नुपर्ने बताए ।
राष्ट्रिय सहकारी बैंक घोराहीका प्रमुख नारायण बेल्वासेले सहकारी संस्थाको ऋण प्रवाहको जोखिम कम गर्न सहकारीमा आवद्ध सवै सदस्य र कर्मचारीको सक्रियता हुनुपर्ने बताए ।