शरद रेग्मी
दाङ, २ माघ । दाङको तुलसीपुरमा यही माघ १३ गतेदेखि शुरु हुने ‘मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला–२०७३’ को तयारी तीब्र पारिएको छ ।
मेला आयोजनास्थल अरनिको मैदानमा स्टलहरु निर्माण गर्ने काम, वजारका विभिन्न भागहरुमा स्वागतद्धार निर्माण कार्य अगाडी वढेको समेत उनले जानकारी दिए ।
महोत्सवका लागि झण्डै तिन सय वढी स्टल वुकिङ भैसकेको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव नेत्रलाल वलीले बताए । अव स्टल वुकिङको काम सकिएको भन्दै धेरैजसो स्थानिय उत्पादन र प्रवद्र्धनलाई प्राथमिकतामा राखेको समेत उनले जानकारी दिए । महोत्सव अवधिभर करिब ५ लाख दर्शकले अवलोकन गर्ने, २ लाख टिकट विक्री गर्ने, २० करोड बराबरको कारोबार गर्ने र १ करोड रुपैया बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सव २३ गतेसम्म चल्नेछ ।