घोराही, २ माघ । भोलिदेखि घोराहीमा शुरु हुने श्रीमदभागवत ज्ञान महायज्ञको सम्पूर्ण भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ ।
प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि महायज्ञ यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको करीव करीव तयारी पूरा भएको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
महायज्ञको प्रमुख कथावाचक पण्डित दिनवन्धु पोख्रेलसहितको टोली आज आइतवार दाङ आउने आयोजकले बताएको छ ।