बिमल योगी
दाङ,२८ पुस । दाङको सौडियार ३ लखवारमा आज समाबेशी उपभोक्ता समिति गठन गरिएको छ । जिल्ला बिकास समितिको सहयोगमा चालु आर्थिक बर्ष २०७३÷०७४ सालमा १० लाख रुपैयाबाट सञ्चालन हुने सडक निर्माणका दुर्गाबहादुर ओलीको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरिएको हो ।
वडा नागरिक मञ्चका संयोजक पवित्रा घर्तीको अध्यक्षता तथा गा.वि.स.सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको भेलाले योजना अनुगमनका लागी पाँच सदस्सीय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा पवित्रा घर्ती,सदस्यहरुमा यामबहादुर डागी,पम्फा केसी,अविन चौधरी,जितबहादुर केसी लगायत रहेका छन् ।