जंग रेउले
घोराही, २८ पुस । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले गोरखा स्कुल वस र स्कुलबाट इन्टरनेशनल शब्द हटाइ दिएको छ । संगठनले गोर्खा स्कुललाई पटक–पटक इन्टरनेशनल शब्द हटाउँन आग्रह गर्दा पनि नटेर गरेको भन्दै आज इन्टरनेशनल शब्द हटाइदिएको हो ।
दाङका जिल्लाका केही विद्यालयहरुमा इन्टरनेशलन शब्द गरी ठग्ने र शिक्षा जस्तो पवित्र ठाउँमा निजी तथा सरकारी विद्यालयमा इन्टरनेशनल शब्द लेख्ने शिक्षा क्षेत्रमा विकृति विसंगति फैल्याउने विद्यालयहरु लाई त्यो शब्द नहटाए कारबाही प्रक्रिया निरन्तर जारी राख्ने अखिल क्रान्तिकारी दाङ जिल्लाका संयोजक मदन केसीले जानकरी दिए ।