Indrenionline.com

पशुपति विद्याश्रमको २१ औं वार्षिकोत्सव

दाङ, २८ पुस । पशुपति विद्याश्रम नारायणपुर दाङको २१ औं वार्सिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयका अध्यक्ष होमनाथ दाहालको अध्यक्षता तथा विद्यालय निरीक्षक भीमप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा २०७२ मा विद्यालयमा सर्वाधिक उपस्थित हुने शिक्षक सन्ध्या नेपाल र पुष्पा नेपालीलाई सम्मान गरिएको थियो भने क्षेत्रको पहिचान, रोजगारी सृजना र आर्थिक विकासमा योगदान पु¥याएको भन्दै गणपति भेनियर्स एवं प्लाइ उद्योग खैरा दाङलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थी पुष्पा चौधरी र राजेश चौधरीलाई वेस्ट स्टुडेन्ट अवार्ड, वार्षिक परीक्षा २०७२ का उत्कृष्ट विद्यार्थीहरु र खेलकूदमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल केशव थापाले विद्यालयको प्रगति तथा गतिविधिबारे जानकारी दिनुभएको थियो भने प्रमुख अतिथि भीमप्रसाद पोखरेल, दुर्गा वली, सुशीला शर्मा, नारायण नेपाल, टीकाराम चौधरी, अस्मिता चौधरी, गणेशप्रसाद रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गीता शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल प्रकाश केसी र सपना सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए ।