दाङ, २७ पुस । थारु पत्रकार संघ दाङले आफ्नो ६ औं स्थापना दिवसको अवसरमा माघी डेवानी कार्यक्रम गर्ने जनाएको छ ।
संघले भोलि सौडियार ९ सिसहनिया स्थिति नमूना थारु ग्राममा माघी डेवानी कार्यक्रम गर्ने जनाएका हो । थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितले एक प्रेस विज्ञप्ती जारी गरि माघी डेवानी कार्यक्रमको उद्दघाटन सम्मानिय सभामुख ओनसरी घर्तिबाट हुने जानकारी गराउनुभएको छ ।