तुलसीपुर, २६ पुस । तुलसीपुर नगर जेसीजले विपन्न परिवारकी क्यान्सर पीडीत महिलालाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्यामा परेकी ३३ वर्षिया दुर्गी विकलाई उपचारमा सहयोग गरेको हो ।
खुट्टामा क्यान्सरबाट पीडित तुलसीपुर १९ कचिलाकी दुर्गी विकको हाल भारतको पञ्जावमा उपचार भइरहेको परिवारले जनाएको छ ।