शरद रेग्मी
तुलसीपुर, २६ पुस । दाङको तुलसीपुरमा सञ्ंचालन भइरहेको ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपु’ सरसफाई अभियानमा सबैको सक्रियता वढ्दै गएको छ । पछिल्लो समयमा यस क्षेत्रका जेष्ठ नागरिकहरुले अभियानमा सक्रिय देखिएका छन् ।
त्यस्तै अभियानमा प्रत्येक हप्ताजस्तै १९ नं वाही तुलसीपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, तुलसीपुर नगरजेसीज, रोट्रयाक्ट कल्ब, अफीसर्स कल्ब, विभिन्न राजनितिक दल, संघसंस्था, विभिन्न टोल विकास संस्था, यातायात व्यवसायी, नागरिक समाज, महिला अधिकारकर्मी, महिला उद्यमीलगायतको सक्रिय सहभागिता थियो ।