इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । दाङका पत्रकारहरुको निःशुल्क रुपमा मृगौला जाँच गरिएको छ । नेपाल पत्रकार महासंघ दाङको संयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा आज पत्रकार महासंघ दाङमा निःशुल्क मृगौला जाँच गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङको संयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा आजै तुलसीपुरमा र भोलि लमही क्षेत्रमा पनि पत्रकारहरुको निःशुल्क मृगौलाको समस्या जाँच गरिने पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले जानकारी दिए । यसैबीच आजै तुलसीपुरमा भएको मृगौला जाँचमा त्यस क्षेत्रका ४८ जना पत्रकारले जाँच गराएका छन् ।