
संविधान कार्यान्वयनका लागी स्थानिय निकायको निर्वाचन तथा स्ववियु निर्वाचनलाई लक्षीत गर्दै जिल्ला जिल्लामा जनजागरण अभियानलाई लैजाने क्रममा दाङ आईपुगेको केन्द्रीय उपाध्यक्ष यादवले जानकारी दिए ।
स्थानिय स्तरमा नेविसंघको संगठनलाई चुस्त दुस्त वनाउन यो अभियानले प्रभावकारी भुमिका खेल्ने अपेक्षा लिईएको समेत यादवले बताए । यसैविच नेविसंघ जिल्ला अध्यक्ष राज कुमार डांगी र जिल्ला सचिव ऋषीश्वर न्यौपानेले एक विज्ञप्ती जारी गरी मंगलवार पार्टी कार्यालय घोराहीमा भेलाको आयोजना गरिएको जानकारी दिए ।
मंगलवार विहान ११ वजे आयोजित नेविसंघ केन्द्रीय टोली संगको अन्तक्रियात्मक भेलामा उपस्थितिका लागि सयबैलाई आग्रह पनि गरिएको छ ।