गोविन्द खड्का
घोराही, २४ पुस । हरेक भित्तामा केही न केही लेखिएको छ । प्रहरीका विट, यात्रु प्रतिक्षालय, काउन्टरका भित्ता हरेक सबैतिर फरक फरक सरसफाई र सभ्यता मुलक सन्देश लेखिएको छ । झलक्क हेर्दा नाराले रंगिएको लाग्छ घोराही बसपार्क ।
काउन्टर अगाडि ‘वसपार्क वरपर पुकार भोला चुरोट सुर्तिका खोस्टा जथाभावि फ्याक्न मनाही छ’ भनेर लेखिएको छ । टिकट लिन जाने र वसको प्रतिक्षरत यात्रुहरु बस्ने ठाउमै लेखिएको छ । त्यही पेटिमा बसेर फुत्त फुत्त नालामा खोस्टा फाल्ने बानि हटाउन त्यसो गरीएको सरसफाइ समितिले जानकारी दिएको छ । गत पुस ११ बाट सरसफाइ निरीक्षक राखेर अभियान थालेको टोल खोस्टाबाटै पिडित छ । सरकारले प्रतिबन्ध गरेजस्तै टोल बाटै हटाउने होकि भनी बहस थालेको छ ।
‘यात्रु महानुभावहरु गाडीबाट कुनै चिज बाहिर नफाल्नु होला दिसा पिसाव बाहिर नगरीदिनुभहोला’ भनेर प्रहरी विटमै टासिएको छ । गाडी भित्रीने र बाहिरीने मुख्य बाटोमै सो विट पर्छ । त्यहि विटमा छेलिएर दिउँसै पिसाव गरीरहेको भेटाएपछि टास्नु परेको सरसफाइ निरिक्षक वलीले जानकारी दिनुभयो । पिसाव भरीएका वोतल, वस भित्रका कचेर जथाभावि खसाल्ने बानी पुरै हटेको छैन ।
‘फोहर हो रोगका खानी तसर्थ फोहर नगरौ जानी जानी’ पनि लेखिएको छ । यस्ता भनाइहरु जता पनि लैजान सकिन्छ । अन्तमा ‘वसपार्क सफा राखि सभ्य नागरीकको पहिचान दिउ’ भनेर पनि सिकाईएको छ । यसरी लेखदा १५ हजार बढी खर्च भएको टोल विकास संस्थाका अध्यक्ष शक्तिराम डागिले जानकारी दिए । कही कतैवाट सहयोगको आश गरेको उनको भनाई छ । जरिवाना, कार्वाहि मात्रै आफ्नो उद्देश्य नभई परिवर्तन गर्ने पहल गरेको बताए ।