रेडक्रस तुलसीपुर उपसाखाका सभापति शेखर चन्द्र गौतमको अध्यक्षता एंब रेडक्रस दाङका सभापति नारायन आर्चायको प्रमुख आतिथ्यतामा भएको सभामा उपसाखाकाको बार्षिक, आर्थिक प्रतिबेदन तथा उपशाखाले सञ्चालन गरेका बार्षिक गतिबिधिबारे जानकारी गराईएको थियो ।
रेडक्रसको तुलसीपुर उपशाखामा तीन सय ४५ आजीवन सदस्य रहेका छन् । कार्यक्रममा रेडक्रस दाङका संस्थापक मन्त्रीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण नोखीराम न्यौपानेले गरेका थिए ।
