दाङ, २३ पुस । दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । त्रिपुर नगरपालिका वडा नं. ६ सौढिकुलाको उत्तरतर्फ ती महिलाको शव फेला परेको हो ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । ती महिलाको अनुहारमा चोत लोगको र मृत्यु हुनको कारण खुल्न नसकेको जिल्ला प्रही कार्यालय दाङका प्रमुख धिरजप्रताप सिंहले बताए । ती महिलाको शव पोष्ट मार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।